तानसेन–१ लाई मेयर कप

पुस १२, २०८१

माधव अर्याल

Mayor's Cup to Tansen-1

पाल्पा — तानसेन नगरपालिका–१ ले नगरस्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा १ ले वडा ९ लाई ३–२ गोलले हराएर उपाधि जितेको हो । वडा १ ले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड जित्यो ।

तानसेन टुँडिखेल मैदानमा वडा १ का प्रवेश सुनारले २५ औं मिनेट र ४८ औं मिनेटमा गोल गरेका थिए । थप एक गोल इमोक रानाले २८ औं मिनेटमा गरेका थिए । वडा ९ बाट दोस्रो हाफको २२ औं मिनेटमा अंकित मश्राङग् ीर ३० औं मिनेटमा शिव सोमैले गोल गरे । उपविजेता वडा ९ ले ७५ हजार ५ सय ५५ रुपैयाँ पायो ।

फाइनल खेलको म्याद अफ द म्याच वडा १ का प्रवेश सुनार भए । नगरभित्रका ९ वडाको सहभागिता रहेको प्रतियोगितामा विजेतालाई तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहाले पुरस्कार प्रदान गरे । उत्कृष्ट खेलाडी ९ का सुदीप थापा, उत्कृष्ट रक्षक १ का प्रवेश सुनार, उदीयमान खेलाडी १ का दानबहादुर बुढामगर, उत्कृष्ट मिडफिल्डर ९ का वसन्तबहादुर राना, उत्कृष्ट गोलरक्षक १ का अजय थापा चुनिएको संयोजक प्रज्वल उदयले बताए । उत्कृष्टले ४ हजार र म्यान अफ द म्याचले २ हजार पुरस्कार पाए ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully