माछापुच्छ्रे ओपन टेनिस : जितेन्द्र र स्वस्तिका विजयी

पुस १२, २०८१

कान्तिपुर संवाददाता

Machhapuchhre Open Tennis: Jitendra and Swastika win

पोखरा — पोखरामा भइरहेको २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शुक्रबार ३५ वर्षमाथिको मेन्स सिंगल्समा जितेन्द्र परियार विजयी भएका छन् ।

पोखरा रंगशाला टेनिस कोर्टमा जितेन्द्रले मदन थापालाई ६–०, ६–० ले पराजित गरे ।

महिला खुलातर्फ स्वस्तिका विष्टले डेचेन छोडेनलाई ६–०, ६–० ले र जेनी खड्काले आहना शेरचनलाई ६–०, ६–० ले पराजित गरे ।  

४५ वर्षमाथि मेन्स सिंगल्समा सन्दुक लामाले गोपीबहादुर भट्टराईलाई ६–४, २–६, १२–१० ले हराए । सुपर टाइमा ८–३ को अग्रता जोगाउन नसक्दा पोखरेली खेलाडी गोपी पराजित भए । दक्षिण कोरियाका जुजुमान किमले प्रकासश बस्नेतलाई ६–३, ३–६, १०–७ ले हराए । सुनिल श्रेष्ठले देव थापालाई ६–४, ६–३ ले र लाक्पा तेम्बा शेर्पाले मनीष श्रेष्ठलाई ६–१, ६–४ ले हराए ।

मेन्स डबल्सतर्फ निहाल जंगबहादुर थापा र आरभ हाडाको जोडीले पोखराका शाश्वत वज्राचार्य र दर्शिल श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले तथा प्रदीप खड्का र उगेन शेर्पाको जोडीले विवेक मगर र सन्दीप विकको जोडीलाई ६–१, ६–१ ले ले हराए । नविन पाइजा र आयुषमान घलेको जोडीले हर्षवर्धन राव र प्रफुल्ल श्रेष्ठको जोडीमाथि जित पाए । 

३५ वर्षमाथिको मेन्स डबल्समा पोखराका राजन पौडेल र शरण गुरुङ, हिमाल शाह र देव क्षेत्री, गगन महर्जन र भीष्म गुरुङ तथा विकास गुरुङ र प्रकाश गुरुङको जोडी दोस्रो चरणमा पुगेका छन् ।

४५ वर्षमाथि मेन्स डबल्समा भीष्मराज पौडेल र रोहित सुनुवारको जोडी तथा केवी लामा र विष्णु बानियाँको जोडी विजयी भएका छन् । ५५ वर्षमाथि मेन्स डबल्समा अनु जोन र विनोद कायस्थको जोडीले इन्द्र गुरुङ र अनिल तुलाचनको जोडीलाई ६–३, २–६, १०–३ ले हराए । पोखराका धरमबहादुर लामिछाने र मनु त्रिपाठीको जोडी उत्तम शेर्पा र जित पौडेलको जोडीसँग ६–२, ४–६ र १०–४ ले पराजित भयो । लोक गुरुङ र पदम गुरुङको जोडी सुदर्शन विष्ट र जीवन घिमिरेको जोडीसँग ६–३, ६–३ ले पराजित भयो ।  

कान्तिपुर

Link copied successfully