सिटीको निराशाजनक बराबरी

युरोपेली च्याम्पियन्स लिगमा सिटीको छनोट सम्भावना निकै कमजोर

पुस १२, २०८१

एएफपी

Disappointing draw for City

म्यानचेस्टर — इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीबार एभरटनको हातबाट निराशाजनक १–१ को बराबरीमा रोकिएको छ । लगातार चारपल्टको लिग विजेता इंग्लिस च्याम्पियन सिटीले खेलेका सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमध्ये एकैमा मात्र विजयी छ । 

इतिहादमा भएको खेलमा सिटीले बर्नाडो सिल्भाको गोलले सुरुआती अग्रता लिएको थियो । तर, अंकतालिकाको पुछारतिर रहेको टफिजका लागि इलिमन एनडिआयेले बराबरी गोल गरे । यस्तोमा दुवैले एक–एक अंक बाँडे । जितसँगै सिटी छैटौं स्थानमा उक्लेको छ । एभरटन भने रेलिगेसन क्षेत्रबाट ५ अंकको दूरीमा १५ औं स्थानमा रह्यो । 

यो सबै समीकरण अन्य खेलका नतिजापछि फेरिन सक्नेछ । यो खेलअघि सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले आफ्नो टिम यसपल्ट युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना निकै कमजोर रहेको स्विकारेका थिए । कमजोर प्रदर्शनका कारण सिटी १५ वर्षयता पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट हुन नसक्ने स्थितिमा पुगेको छ । 

प्रिमियर लिगको शीर्ष चारमा रहने टिम च्याम्पियन्स लिगका लागि स्वतः छनोट हुनेछ । प्रतियोगितामा इंग्लिस टिमको उत्कृष्ट प्रदर्शनका कारण पाँचौं स्थानमा रहेको टिमले पनि त्यो प्रतियोगिता खेल्न सक्नेछ । तर, ग्वार्डिओला भन्छन्, ‘हामी पक्कै पनि च्याम्पियन्स लिगमा छनोट हुन नसक्ने स्थितिमा पुगेका छौं ।’

एएफपी

Link copied successfully