मेयर कप टेबलटेनिस : अर्सना र ममतालाई स्वर्ण

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Mayor's Cup Table Tennis: Gold for Arsana and Mamta

काठमाडौँ — ललितपुर महानगरपालिका वडा १७ की अर्सना महर्जन र वडा ५ की ममतासिंह राजभण्डारीले छैटौं मेयर कप लपु अन्तरवडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । अर्सना यू–१२ गर्ल्स सिंगल्स र ममता भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा च्याम्पियन भएका छन् ।

ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गछेःंमा भइरहेको प्रतियोगिताको यू–१२ गर्ल्स सिंगल्स फाइनलमा अर्सनाले वडा १६ की काभ्या शाक्यलाई १५–१३, ११–५, ११–३ को सोझो सेटमा हराइन्  । वडा १९ की मेरिसा श्रेष्ठ र वडा ८ की सुहाना महर्जन तेस्रो भए ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्सको फाइनलमा ममताले वडा ११ की शर्मिला शाक्यलाई ११–४, ११–८ र ११–४ ले हराइन् । वडा १६ की राधा डंगोल र वडा ९ की विजेता वज्राचार्य तेस्रो स्थानमा रहे ।

कान्तिपुर संवाददाता

Link copied successfully