प्रदेश लिगमा दोलखा र सिन्धुली विजयी

पुस ११, २०८१

सुवास विडारी

Dolakha and Sindhuli won in the state league

मकवानपुर — हेटौंडामा जारी वाग्मती प्रदेशस्तरीय फुटबल प्रतियोगिता-२०८१ अन्तर्गत बिहीबार भएको खेलमा दोलखा र सिन्धुलीको विजयी भएका छन् ।

 हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको प्रतियोगितामा दोलखा जिल्लाको टाइगर टिमले  नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले र सिन्धुलीको ब्लु अलपलाईनले भक्तपुरको थिमी युथ क्लबलाई ३–० गोल अन्तरले  पराजित गरेको हो ।

दोलखाको जीतमा सुजन माझीले पहिलो हाफको ३५ मिनेटमा १ गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । दोलखाकै संग्राम श्रेष्ठले दोस्रो हाफको ४२ औं मिनेटमा थप १ गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

 नुवाकोटका लागि दोस्रो हाफको २२ औं मिनेटमा किशोर पण्डितले पेनाल्टीमार्फत १ गोलमात्र फर्काउन सफल भएका थिए ।

सिन्धुलीको जीतमा सञ्जिव धामीले पहिलो हाफको २३ मिनेटमा, समीर धामीले ४१ मिनेटमा र रवी महतराले ६७ मिनेटमा समान १/१ गोल गरे । खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी र सिन्धुलीका रवि महतरा घोषित भए । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully