लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पायो पूर्णता

पुस ८, २०८१

वीरेन्द्र केसी

The Lumbini Pradesh Sports Council has achieved perfection

देउखुरी —  लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएको छ ।  परिषद्‍मा एकजना सदस्य सचिव र  १६ जना परिषद्का सदस्यमा नियुक्त भएका छन् । सदस्यलाई सोमबार देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

परिषद्का सदस्यमा लेखनाथ खनाल, बलबहादुर केसी, मुक्तिप्रसाद न्यौपाने, गोपीकृष्ण शर्मा, हरिबहादुर थापा, लालबहादुर घर्तीमगर, महेश काउछा, राजु महर्जन, कोशिष बहादुर खड्का, विकास घिमिरे, दिपेन्द्रकुमार डाँगी, जंगबहादुर मल्ल, कैलाशकुमार रोका, कपना आचार्य, दिपक खनाल, प्रकाश रानालाई मुख्यमन्त्री आचार्यले शपथ ग्रहण गराएका हुन् । 

आज देउखुरीमा बसेको परिषद् बैठकले ४ वटा कार्यविधि र एउटा निर्देशिका पारित गरेको सदस्य सचिव तिरणदाज गौतमले बताए । 

वीरेन्द्र

Link copied successfully