सनसाइन र काठमाडौं जेभियर्स विजयी

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Sunshine and Kathmandu Xaviers won

काठमाडौँ —  सनसाइन र काठमाडौं जेभियर्स १३ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनल पुगेका छन् ।

सनसाइनले चैतन्य शिक्षा संस्कारलाई ४१–३१ स्कोरले पराजित गर्‍यो । सनसाइनको जितमा सोनाम तामाङले २० स्कोर गरे । सुवर्ण भुजेलको ६ स्कोरमा काठमाडौं जेभियर्सले लिभरपुललाई २७–५ ले हरायो । अल्वर्ट, अवेरनेस एकेडेमी, मार्वलस र हेम्स पनि क्वाटरफाइनलमा पुगे ।

सिनियर गर्ल्समा काठमाडौं जेभियर्स, स्पाङ्गेल, एसियन पब्लिक, श्रीजन्शिल, स्वप्न वाटिका, लिभरपुल, चैतन्य र इनोभेटिभले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स, एसियन पब्लिक, लिटिल फ्लावर, सनसाइन, एआईए र स्पाङ्गेलले क्वाटरफाइनल यात्रा तय गरे ।

कान्तिपुर

Link copied successfully