थन्डर बोल्ट्स फुटबलमा जेम्सलाई कांस्य

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Bronze to James in Thunder Bolts football

काठमाडौँ — दोस्रो थन्डर बोल्ट्स कप खेलकुदअन्तर्गत सोमबार १८ वर्षमुनि छात्र क्रिकेटमा डीएभी स्कुलले स्वर्ण पदक जितेको छ । भीएस निकेतनले रजत र नेपाल पुलिसले कांस्य जिते ।

बास्केटबलतर्फ यू–१८ छात्रको तेस्रो स्थानलाई भएको खेलमा बर्नहार्टले काठमान्डु वर्ल्डलाई ५६–५३ ले हराएर स्वर्ण जित्यो । छात्रातर्फ नामी कलेजले रिब्सलाई ३५–१७ ले हरायो ।

यू–१६ छात्रतर्फ एलआरआईले रातो बंगला स्कुललाई ६२–५४ स्कोरले हराएर तेस्रो स्थान हात पारेको छ ।

फुटबलतर्फ १२ वर्षमुनि छात्रतर्फ कांस्य पदक भिडन्तमा आयोजक जेम्सले ब्लुम नेपाललाई पेनाल्टी शुटआउटमा हरायो । १६ वर्षमुनि छात्रमा जेम्सले विनायकलाई २–० ले हरायो ।

कान्तिपुर

Link copied successfully