वुमेन्स यू-१९ मा नेपाल र भुटानको बराबरी

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Nepal and Bhutan draw in Women's U-19

काठमाडौँ — नेपालले वुमेन्स यू-१९ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा आइतबार भुटानसँग १-१ को बराबरी खेलेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा सुशीला केसीले नेपालका लागि पहिलो गोल गरिन । उनले पेनाल्टी एरिया बाहिरबाट ४७ औं मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको हो । 


तर यो नै निर्णायक भने सावित भएन । भुटानका लागि फुन्ट्सो छोदेनले ८० औं मिनेटमा बराबरी गोल फर्काउन । 


यस्तै खेलको २० औं मिनेटमा नेपाली डिफेन्डर सिमरन राईले हेडबाट गोल लाइनबाट बचाउ गरिन । चोकी ओमको प्रहारमा यो उत्कृष्ट बचाउ भएको हो । त्यसलाई छाडेर पहिलो हाफमा दुवै टिमले अरु उल्लेखनीय आक्रमण बुन्न सकेन् ।


यस अगाडि महिलाकै यू-१६ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भुटानले नेपाललाई ५-१ ले हराएको थियो । 

कान्तिपुर

Link copied successfully