बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन

पुस ७, २०८१

कान्तिपुर संवाददाता

James School champion in intelligence

काठमाडौँ — थन्डर बोल्ट्स कप २०२४ अन्तर्गत बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ । आइतबार भएको यू-१८ समूहको अन्तिम नतिजामा जेम्सले संवरण जित्दा मनकामना स्कुल र डिएभी स्कुल संयुक्त रुपमा दोस्रो स्थानमा रहे ।

त्यस्तै यू-१४ पुरुष तथा महिलातर्फ प्रतियोगीहरुले प्राप्त गरेको अंकको आधारमा नि:सर्ग बाटिका स्कुलले स्वर्ण, बिएन एकेडेमीले रजत तथा इम्पेरिएल वर्ल्ड स्कुल र टिआइए स्कुलले कांस्य पदक प्राप्त गरे । 

जुडोमा पुरुषतर्फ नेपाल पुलिसले स्वर्ण, जेम्सले रजत तथा हार्दिक एकेडेमीले कांस्य जितेका छन् । महिला जुडोतर्फ पनि नेपाल पुलिस स्कुलले नै स्वर्ण जिते । जेम्स स्कुलले रजत र नेपाल युवक सेकेन्डरी स्कुलले कांस्य पदक प्राप्त गरे । 

त्यसैगरी तेक्वान्दोको पुरुष तथा महिलातर्फ विभिन्न तौल समूहको खेल सकिएपछि अंकको आधारमा पुरुषतर्फ जेम्स स्कुल प्रथम, नेपाल पुलिस स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् । महिलातर्फ जेम्स स्कुल प्रथम, रिजेन्ट रेसिडेन्सियल द्वितीय र टेरेसा एकेडेमी तृतीय भए ।

फुटसल खेलतर्फ १८ वर्षमुनिका छात्र समूहबिचको फुटसल खेल सम्पन्न भएको छ । १० विद्यालयमा ब्लुबर्ड सेकेन्डरी स्कुल प्रथम, चेल्सी वर्ल्ड स्कुल द्वितीय र रातो बंगला स्कुल तृतीय भएका छन् ।

बास्केट बलको यू-१८ छात्रतर्फ जेभियर कलेज र टाइम्स कलेज फाइनलमा प्रवेश गरेका छन् भने तेस्रो स्थानका लागि बर्नहार्ट कलेज र काठमान्डु वर्ल्ड स्कुलबीच प्रतिस्पर्धा हुनेछ । 

आइतबार भएको सेमीफाइनलमा जेभियर कलेजले बर्नहार्ट कलेजलाई ६६-४० ले र टाइम्स कलेजले काठमान्डु वर्ल्ड स्कुललाई ६५-५० ले पराजित गरेको थियो । 

यू-१८ छात्रातर्फ भने भएको सेमिफाइनल खेलमा भ्याली पब्लिकले नामी कलेजलाई ५३-३४ ले  र जेम्स स्कुलले रिब्स स्कुललाई २९-२२ ले पराजित गरी फाइनलमा प्रवेश गर्‍यो । 

त्यसैगरी यू-१६ छात्रतर्फको खेलमा सेन्ट जेभियर्स स्कुलले एलआरआई स्कुललाई ६६-५९ ले र मातृभूमि स्कुलले रातो बंगला स्कुललाई ४१-४० ले पराजित गरी फाइनलमा प्रवेश गर्‍यो । 

फुटबल खेलतर्फ १२ वर्षमुनि छात्रसमूहअन्तर्गत सेमीफाइनलमा चेल्सी वर्ल्ड स्कुलले जेम्स स्कुललाई ३-० गोलले तथा एपीएफ स्कुलले ब्लुम नेपाल स्कुललाई १-० ले पराजित गरी फाइनलमा प्रवेश गर्‍यो । 

१६ वर्षमुनि छात्रको सेमिफाइनलमा एपीएफले विनायक स्कुललाई ३-० गोलले तथा नेपाल पुलिस स्कुलले जेम्स स्कुललाई ३-० को गोलले पराजित गरी फाइनल पुग्न सफल भयो । 

क्रिकेटतर्फ १२ वर्षमुनि छात्रमा डीएभी स्कुल, जेम्स, चेल्सी वर्ल्ड स्कुल र लिटिल एन्जल्स स्कुल सेमिफाइलनमा पुगेका छन् । 

डिएभीले एलआरआईलाई २३ रनले, जेम्स स्कुलले भ्याली पब्लिक स्कुललाई ३३ रनले, चेल्सी वर्ल्ड स्कुलले रेडियन्ट रिडर्स स्कुललाई ३ विकेटले र लिटिल एन्जल्स स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई ८ विकेटले पराजित गरेको थियो । 

कान्तिपुर

Link copied successfully