माउन्ट ओलिभलाई भलिबलको ट्रफी

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Volleyball trophy to Mount Olive

काठमाडौँ — थन्डर बोल्ट्स कप खेलकुदअन्तर्गत यू–१८ भलिबलको ब्वाइजतर्फ माउन्ट ओलिभ स्कुल च्याम्पियन बनेको छ । शुक्रबार भएको फाइनलमा ओभिलले नेपाल पुलिस स्कुललाई हरायो । फुल्चोकी मावि तेस्रो भयो ।

क्रिकेटतर्फ १८ वर्षमुनि छात्रमा एलआरआईले आयोजक जेम्स स्कुललाई ४ विकेट र भीएस निकेतनले टेक्सस कलेजलाई ५ रनले पराजित गरे । अर्को खेलमा टेक्ससले एलआरआईमाथि ४३ रनको जित पायो ।

बास्केटबलको यू–१८ छात्र र छात्रा दुवैको समूह चरणको खेल सकिएको छ । यू–१८ छात्रमा निस्ट, टाइम्स, गोल्डेनगेट, बर्नहार्ट कलेज, काठमान्डु वर्ल्ड, रातो बंगला, जेभियर कलेज र एलआरआई क्वाटरफाइनल पुगेका छन् ।

यू–१८ छात्रातर्फ भने भ्याली पब्लिक, बूढानीलकण्ठ, काठमान्डु वर्ल्ड, रिब्स, जेम्स, जेभियर, नामी कलेज र बर्नहार्ट कलेज क्वाटरफाइनलमा पुगेका छन् ।

फुटबलतर्फ १२ वर्षमुनि लिटिल फ्लावरले शिखरलाई ७–० गोलले हरायो । ब्लुमले लर्डस लाइट एकेडेमीलाई ३–० ले, जेम्सले गोल्डेन स्कुललाई २–० ले र एपीएफ स्कुलले सेन्ट जेभियर्सलाई ३–० गोलले हराए ।

कान्तिपुर

Link copied successfully