नेपाल र भुटानको खेल कान्तिपुर एचडीमा

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Nepal vs Bhutan match in Kantipur HD

काठमाडौँ — नेपाल र भुटानका यू–१६ तथा यू–१९ महिला टोलीबीच युथ मैत्रीपूर्ण फुटबल हुने भएको छ ।दशरथ रंगशालामा आज शुक्रबार दिउँसो नेपाली यू–१६ र ड्रागन गर्ल (भुटानी यू–१६) बीच फुटबल प्रतिस्पर्धा हुनेछ । पुस ७ गते सोमबार भने दुवै देशका यू–१९ टिमबीच खेल हुनेछ ।

पछिल्लो समय महिला फुटबलको क्रेज बढिरहेको स्थितिमा नेपाल र भुटानका युवा टोलीबीच मैत्रीपूर्ण खेल गरेको एन्फाले जनाएको छ । साफ वुमेन्स च्याम्पियनसिपमा नेपाली महिला टिमको सानदार प्रदर्शनले पनि धेरैको मन जितेको थियो ।

साफमा भुटानले पनि दमदार प्रदर्शन गरेको थियो । उमेर समूहका ड्रागन गर्लले पनि रंगशालामा उत्कृष्ट फुटबल प्रदर्शन अपेक्षा छ । बिहीबार पत्रकार सम्मेलनमा यू–१६ का कप्तानद्वय नेपालका भूमिका बुढाथोकी र भुटानकी छिरिङ ल्हामुले मैत्रीपूर्ण खेल भए पनि उत्कृष्ट खेल पस्कने बताएका छन् । खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी र एडीआर स्पोर्ट्स 

युट्युब च्यानलमार्फत हुनेछ । टिकेटिङ पार्टनर ई–सेवा रहेको ग्लोबल राइट होल्डर कम्पनी एडी रिलिज प्रालिले जनाएको छ ।

कान्तिपुर

Link copied successfully