मैत्रीपूर्ण फुटबलमा नेपाल भुटानसँग पराजित

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Nepal lost to Bhutan in a friendly football match

काठमाडौँ — नेपाल भुटानविरुद्धको यू–१६ वुमेन्स मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा ५–१ ले पराजित भएको छ । नेपालले उमेर समूहको महिला फुटबलमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको यो नै पहिलो पटक हो ।

यस्तै नेपाल ९० मिनेटभित्रको खेलमा भुटानको महिला उमेर समूहको टिमविरुद्ध पराजित भएको पनि यो पहिलो पटक हो ।  

दशरथ रंगशालामा भएको खेलमा भुटानका लागि क्विन्डेन सोनम सोग्याल र छिरिङ ल्हामोले दुई दुई गोल गरे । सोनमले २३ र ६५ औ मिनेटमा गोल गरिन् । ल्हामोले ३४ र  ३९ औं मिनेटमा गोल गरिन् ।

यस्तै युगेन सोमाले एक गोल थपिन् । उनले ८४ औं मिनेटमा पेनाल्टीबाट गोल गरेकी हुन् । नेपालका लागि सबिना तामाङले ८६ औं मिनेटमा एक गोल फर्काइन् ।

कान्तिपुर

Link copied successfully