बौद्ध र फ्रिडम ‘बी’ भेट्रान फुटबल फाइनलमा

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Buddhist and Freedom 'B' Veterans in Football Final

काठमाडौँ — बौद्ध भेट्रान र फ्रिडम फाइटर क्लब ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनल पुगेका छन् ।

चावहिलमा भइरहेको प्रतियोगितामा बौद्धले फ्रिडम फाइटर क्लब ‘ए’ लाई टाइब्रेकरमा ३–१ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । बौद्धका गोलरक्षक धर्मेन्द्र लामा म्यान अफ द म्याच भए ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा फ्रिडम फाइटर क्लब ‘बी’ ले जोरपाटी एफसीलाई ३–१ गोलले हरायो । विजेताका राजु तामाङले २ र नीलेन्द्र देवानले १ गोल गरे । जोरपाटीका राकेश लामाले एक गोल फर्काए । विजेताका नारोत्तम गौतम म्यान अफ द म्याच चुनिए ।

कान्तिपुर

Link copied successfully