आयुषा र विश्वविशेष च्याम्पियन

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Ayusha and World Special Champion

काठमाडौँ — आयुषा जिसी र विश्वविशेष डल्लाकोटी २२ औं जयकर मेमोरियल राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा यू–१२ मा उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार गर्ल्स सिंगल्स फाइनलमा आयुषाले अनुश्री धोजुलाई ६–१, ६–४ ले हराएर उपाधि जितिन् । ब्वाइज सिंगल्सतर्फ विश्वविशेषले आरित मल्ललाई ६–१, ६–० ले पराजित गरेका थिए ।

यू–९ ब्वाइज सिंगल्समा सहंश बस्न्यातले कल्याण चालिसेलाई ४–५, ५–३, ७–५ ले हराएर उपाधि जितेका छन् । 

यू–१४ गर्ल्स सिंगल्सको सेमिफाइनलमा सिभाली गुरुङले अनुश्री धोजुलाई ६–१, ६–० ले हराएर फाइनलमा स्थान बनाएकी छन् । फाइनलमा उनले अन्नाबेला मल्लविरुद्ध खेल्नेछिन् । अन्नाबेलाले भने आयुषा जिसीलाई ६–०, ६–० ले सहजै हराइन् ।

यू–१४ ब्वाइजतर्फ असभसम्राट हाडा र व्रिजेश अर्यालबीच फाइनल प्रतिस्पर्धा हुनेछ । यू–१० ब्वाइज सिंगल्समा सहंश बस्न्यातले भिरल अग्रवालविरुद्ध फाइनल खेल्नेछन् । बाँकी सबै इभेन्टको फाइनल शनिबार हुनेछ ।

कान्तिपुर

Link copied successfully