काठमाडौँ — जेम्स स्कुलमा भइरहेको थन्डर बोल्ट्स कपअन्तर्गत बिहीबार भलिबल फाइनलमा सरस्वती माविले ओलिभ स्कुललाई हराएर स्वर्ण पदक जितेको छ । एपीएफ स्कुलले कांस्य पदक जित्यो ।
बास्केटबल यू–१८ छात्रतर्फ समूह चरणको खेलमा निस्टले एलआरआईलाई ३४–३० स्कोरले हरायो । छात्रातर्फ समूह चरणमा गोल्डेनगेटले लर्डस लाइट एकेडेमीमाथि २८–१९ स्कोरको जित पायो ।
यू–१६ छात्रतर्फ समूह चरणमा सेन्ट जेभियर्सले लिटिल फ्लावरलाई ५०–१० ले, एलआरआईले निस्टलाई ३२–१४ र मातृभूमिले लिटिल एन्जल्सलाई ५६–२८ स्कोरले हराए ।
फुटबलको १२ वर्षमुनि छात्रमा लिटिल एन्जल्सले डीएभीलाई ९–० ले, चेल्सी वर्ल्डले आयोजक जेम्सलाई ६–१ ले, एपीएफ स्कुलले निस्टलाई ४–० ले र नेपाल पुलिस स्कुलले मोलिस स्कुललाई ५–१ गोलले हराए ।
क्रिकेटतर्फ यू–१६ छात्रको तेस्रो स्थानलाई भएको खेलमा डीएभीले जेम्स स्कुललाई ८ विकेट हरायो । फाइनल एलआरआई र नेपाल पुलिस स्कुलबीच हुनेछ ।
