एचसीएले चेस ट्रेनिङ गराउने

पुस ४, २०८१

कान्तिपुर संवाददाता

HCA to provide chess training

काठमाडौँ — हिमालयन चेस एकेडेमी (एचसीए) ले भक्तपुरका युवा खेलाडीलाई प्रशिक्षण दिने भएको छ । यसका लागि एकेडेमीले योङ लनर्स (रिडर्स हब) सँग बिहीबार सम्झौता गरेको छ ।

चेस खेलाडी उत्पादनमा भक्तपुर उर्वर ठाउँ हो । नियमित प्रशिक्षणका लागि भक्तपुरबाट थापाथली आउजाउ गर्न टाढा पर्न सक्छ । त्यसैले भक्तपुरका बालबालिकाकालाई नजिकै र सहजताका लागि योङ लनर्ससँग सहकार्य गर्दै कौशलटारमा प्रशिक्षण दिने व्यवस्था गरिएको एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूले बताइन् ।

योङ लनर्सकी संस्थापक वन्दना अर्यालले बालबालिकाको व्यक्तित्व विकासका लागि हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेर चेस प्रशिक्षण थपेको बताइन् । उनले आर्टस्, भ्वाइलिन, नाट्यलगायत सिकाइरहेका र एकै स्प्थानमा बालिबालिकाले धेरै कुरा सिक्न पाओस् भनेर चेस सिकाउनका प्रशिक्षण थपेको प्रस्ट पारिन् ।

उनका अनुसार पुस १३ देखि चेस प्रशिक्षण सुरु गरिनेछ । सुरुमा साप्ताहिक रूपमा शनिबार ट्रेनिङ सञ्चालन हुनेछ, त्यसमा ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेछन् ।

कान्तिपुर

Link copied successfully