काठमाडौँ — एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा पुगेका छन् ।
एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२०, २५–२१ तथा न्युटनले पासाङ ल्हामु कलेजलाई २५–२३, २५–१२ को सोझो सेटमा हराए ।
नेपाल राष्ट्रिय कलेजले ग्रामीणलाई २५–१६, २५–२१ ले, ग्लेसियरले ओरियन्ट कलेजलाई २५–१८, २१–२५, १५–११ ले, आयोजक हिमरश्मिले गीताञ्जलीलाई २५–२२, २५–२० ले, सेन्ट लरेन्सले प्रारम्भलाई २५–१०, २५–१७ ले, जय मल्टिपल क्याम्पसले चाणक्यलाई २२–२५, २५–१२, १५–१३ ले र युनिग्लोबले मानसिंहलाई २२–२५, २५–१२, १५–१० को सेटमा हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
क्वाटरफाइनल हिमरश्मि र ग्लेसियर, नेपाल राष्ट्रिय र एन्जल्स हार्ट, न्युटन र युनिग्लोब तथा सेन्ट लरेन्स र जय मल्टिपलबीच प्रतिस्पर्धा हुनेछ ।
