थन्डर बोल्ट्स : वियन्कालाई टेबलटेनिस स्वर्ण

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Thunder Bolts: Vianka wins table tennis gold

काठमाडौँ — दोस्रो थन्डर बोल्ट्स कप खेलकुदमा टेबलटेनिसको यू–१८ महिला एकलतर्फ एभीएमकी बियन्का राईले स्वर्ण जितेकी छन् ।

उनले बुधबार फाइनलमा आफ्नै स्कुलकी इभाना थापालाई हराइन् । एभीएमकै आस्मा पहारी र अर्पिता महर्जनले कांस्य जिते ।  

यू–१२ पुरुष एकलमा रिभान वज्राचार्य (डीएभी) ले स्वर्ण, स्वर्णिम शाक्य (एभीएम) ले रजत जित्दा सुशान प्रधान (पुष्पसदन) र निर्भिक शाक्य (डिलाइट) ले कांस्य जितेका थिए । यू–१५ पुरुष एकलतर्फ रिजन शाक्य (भासरा) ले स्वर्ण, प्रजिल भट्टराई (एभीएम) रजत तथा डीएभीका निर्भाना वज्राचार्य र जयस्नु महर्जनले कांस्य जिते ।

यू–१८ पुरुष एकलतर्फ सार्थक मानन्धर (बालविकास) स्वर्ण, वचन विष्ट (भासरा) रजत तथा मिजेन शाक्य (मोलिस) र एरिस शाक्य (एभिएम) ले कांस्य जिते । त्यस्तै यू–१२ महिला एकलतर्फ आर्सना महर्जन (एभीएम) ले स्वर्ण, साइरा शाक्य (एभीएम) ले रजत तथा प्राजना महर्जन (प्राइम ग्लोबल) र तायाबुङ्मा राई (एभीएम) ले कांस्य जितेका थिए । 

यू–१५ महिला एकलतर्फ सुरम्या शाक्य (सेन्ट मेरिज) ले स्वर्ण, नर्मदा खाइतु (जेम्स) ले रजत तथा अश्लेशा श्रेष्ठ (एभीएम) र इशान्भी महर्जन (प्रगति) ले कांस्य पदक जिते ।

बास्केटबलतर्फ यू–१८ छात्रमा नामी कलेजले जेम्स स्कुललाई ४९–१९ ले, काठमान्डु वर्ल्डले काव्यालाई ५२–३६ ले र जेम्सले बूढानीलकण्ठ स्कुललाई २९–२० स्कोरले हराए । छात्रातर्फ रिब्सले लर्डस लाइट एकेडेमीलाई ३०–१० ले र भ्याली पब्लिकले निस्टलाई ४८–२२ स्कोरले हरायो । फुटबलतर्फ १२ वर्षमुनि छात्रमा लिटिल फ्लावर, चेल्सी वर्ल्ड, एपीएफ स्कुल र  गोल्डेन स्कुल विजयी भए ।

क्रिकेटतर्फ १२ वर्षमुनि छात्रमा चेल्सी वर्ल्डले एलआरआईलाई ३ रन र आयोजक जेम्स स्कुलले युरोलाई २३ रनले हराए । यू–१६ वर्षमुनि छात्रको क्वाटरफाइनलमा डीएभीले सेलिब्रेसनलाई ३४ रन र जेम्सले लिटिल एन्जल्सलाई ३७ रनले हराए ।

कान्तिपुर

Link copied successfully