काठमाडौँ — डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीले बुधबार १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनल तय गरेको छ ।
मूलपानी मैदानमा गेटवेले गोठाटारलाई ४–० गोलले पराजित गर्यो । प्रदीप खड्काले ह्याट्रिक गरे भने कृजल श्रेष्ठले एक गोल थपे ।
फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज क्वाटरफाइनलमा पुगे । कौस्तुभले डेन्सलाई ५–१ गोलले हरायो । कौस्तुभका उत्सव शाहीले २ तथा सुप्लप श्रीमाली, कैलाश लामिछाने र एरिस रम्तेलले १–१ गोल गरे । ब्रम्हकुञ्जले गोल्डेन बडलाई २–० ले हरायो । दुवै गोल शुभम् दफेपतेको नाममा रह्यो ।
ओरियन्टल र कौस्तुभ, हाइली क्रिएटिभ र एकलव्य तथा श्रमशील र ब्रम्हकुञ्जबीच प्रतिस्पर्धा हुने संयोजक राजु दाहालले जानकारी गराए ।
