काठमाडौँ — महिला फुटबलको इतिहास बनाउन हिँडेका नेपाल र भुटानका यू– १६ र यू–१९ का टिमबीच युथ मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
यही पुस ५ र ७ गते दशरथ रंगशालामा नेपाली चेली र ड्रागन गर्लको रोमाञ्चक फुटबल खेलले युवापुस्ताको ध्यान खिच्ने अपेक्षा छ ।
पछिल्लो समय महिला फुटबलको क्रेज बढिरहेको छ । साफ वुमेन्स च्याम्पियनसिपमा नेपाली महिला टिमको सानदार प्रदर्शनले पनि धेरैको मन जितेको थियो । साफमा भुटानले पनि दमदार प्रदर्शन गरेको थियो ।
उमेर समूहका ड्रागन गर्लले पनि रंगशालामा उत्कृष्ट फुटबल प्रदर्शन गर्ने छन् । ती खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी र एडीआर स्पोर्ट्स युट्युब च्यानलमार्फत हुनेछ ।
टिकेटिङ पार्टनर ई–सेवा रहेको ग्लोबल राइट होल्डर कम्पनी एडी रिलिज प्रालिले जनाएको छ ।
