बाँके फुटबलमा मनोनीत

पुस २, २०८१

कान्तिपुर संवाददाता

Nominated in Banke Football

नेपालगन्ज — बाँके जिल्ला फुटबल संघले रिक्त रहेका तीन पदाधिकारी र एक सदस्य मनोनीत गरेको छ । नेपालगन्जमा बसेको बाँके जिल्ला फुटबल संघको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह–महासचिवमा दीर्घराज आचार्य र सरिता थापालाई मनोनीत गरेको छ ।

सदस्यमा कर्ण बस्नेतलाई मनोनीत गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । संघको विधानमा रहेको व्यवस्थाअनुसार मनोनीत गरिएको हो । उनले भने, ‘संघलाई चलायमान गराउन रिक्त पदमा मनोनीत गरिएको हो । फुटबल क्षेत्रमा योगदान गरिरहनुभएका व्यक्तिलाई समेट्दै मनोनीत गरिएको छ ।’

कान्तिपुर

Link copied successfully