थन्डर बोल्ट्सको छात्रा फुटसलमा एभीएम विजेता

पुस १, २०८१

कान्तिपुर संवाददाता

Thunder Bolts AVM Winners in Girls' Futsal

काठमाडौँ —  जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डर बोल्ट्स कप खेलकुदअन्तर्गत १३ वर्षमुनिका छात्रा फुटसलमा एभीएम स्कुल विजेता बनेको छ । जेम्स स्कुल दोस्रो र छन्त्याल एकेडेमी तेस्रो भए ।

उक्त प्रतिस्पर्धामा जेम्स स्कुल, पाठशाला, रातो बंगला, लर्डस लाइट एकेडेमी, सेन्ट जेभियर्स, माउन्ट भ्यू, एभीएम, छन्त्याल, पुष्पाञ्जली, काठमाडौं प्रज्ञा कुञ्जलगायतका विद्यालयको सहभागिता थियो ।

त्यस्तै १२ वर्षमुनि छात्र फुटबलको समूह चरणमा डीएभीले जेम्सलाई ४–० ले, लर्डस लाइटले शिखर स्कुललाई ४–२ ले, नेपाल पुलिस स्कुलले सेन्ट जेभियर्सलाई  ५–० ले र विनायकले भीएस निकेतन स्कुललाई ४–० ले हराए ।

१६ वर्षमुनि छात्र समूहको क्रिकेटमा नेपाल पुलिस स्कुलले  रेडिएन्ट रिडर्स स्कुललाई ४९ रन  र डीएभी स्कुलले  रेडिएन्ट रिडर्स स्कुललाई ८ विकेटले पराजित गरे ।

सोमबारै बास्केटबल यू–१८ छात्रतर्फ डीएभीले जेभियर कलेजलाई ६१–१० स्कोरले, अक्सब्रिजलाई काव्या स्कुलले ४७–३७ ले, एलआरआईले बूढानीलकण्ठलाई ३६–१७ ले,  गोल्डेनगेटले नामी कलेजलाई ५८–५३ ले र निस्टले जेम्स स्कुललाई ३६–२२ ले पराजित हराए ।

यू–१८ छात्रातर्फ नामीले लर्डस लाइटलाई ३६–७ ले, बूढानीलकण्ठले काव्या स्कुललाई १५–४ ले, भ्याली पब्लिकले जेभियर कलेजले २९–२३ ले र रिब्सले गोल्डेनगेटलाई २४–१९ स्कोरको जित पाए ।  

कान्तिपुर

Link copied successfully