फेरिल्यान्ड र ग्रिनल्यान्ड बास्केटबल फाइनलमा

पुस १, २०८१

कान्तिपुर संवाददाता

Ferryland and Greenland in the basketball final

काठमाडौँ — फेरिल्यान्ड र ग्रिनल्यान्ड  प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार फाइनल पुगेका छन् । फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २५–१६ स्कोरले पराजित गर्‍यो ।

फेरिल्यान्डकी खुश्बु मगरले ७ स्कोर जोडिन् । ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ३३–२८ स्कोरले हरायो । ग्रिनल्यान्डकी विहनी राईले १४ स्कोर गरिन् ।

जेबी स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी र भ्याली पब्लिक फाइनल पुगेका छन् ।

लालीगुराँसले किङडमलाई ३१–२५ स्कोरले हरायो । लालीगुराासका सर्गम गुरुङले १० स्कोर बटुले । भ्याली पब्लिकले गोल्डेनपिकमाथि २८–२५ को जित दर्ता गर्‍यो । भ्यालीका आर्यन गुरुङले ९ स्कोर जोडे ।

कान्तिपुर संवाददाता

Link copied successfully