काठमाडौँ — लालीगुराँसले नवदीक्षितलाई २१–१६ ले, न्युटनले त्रिवेणीलाई १९–१४ ले, फेरिल्यान्डले स्किब्सलाई १९–१५ ले र ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई १६–१४ स्कोरले पराजित गरे ।
लालीगुराँसकी प्रियान्शु पन्थले ९, फेरिल्यान्डकी करुणा बोगटीले ७ र ग्रिनल्यान्डकी बिहानी राईले ९ स्कोर जोडे ।
जुनियर ब्वाइजमा लालीगुराँसले न्युटनलाई १७–१३, गोल्डेनपिकले हिमरश्मिलाई ३६–२५, भ्याली पब्लिकले नाम्सलाई ३५–१६ र किङ्डमले एन्जल्स हार्टलाई १८–१७ ले हराएर क्वाटरफाइनल सुरक्षित गरे । लालीगुराँसका रोहित गुरुङले ६, गोल्डेनपिकका भुवन भण्डलले १२, भ्यालीका अशोक बिकले १७ र किङडमका पेम्बा दयाले ९ स्कोर गरे ।
