इलाम गोल्डकपको फाइनल आज, एनआरटी र चर्च ब्वाइज भिड्दै 

मंसिर २९, २०८१

लक्ष्मी गौतम

Eelam Gold Cup final today, NRT vs Church Boys

पाँचथर — ‘दोस्रो इलाम गोल्डकप’को फाइनल खेल आज हुँदैछ । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा आयोजना हुने प्रतियोगितामा उपाधिका लागि न्यु रोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

इलाम गोल्डकपको साबिक बिजेता एनआरटीले रेड स्टार झापा र लिग बिजेता चर्च ब्वाइजले आयोजक रेड हर्स इलामलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

मंसिर २१ गते सुरु भएको प्रतियोगितामा भारतको एकसहित नेपालका ८ टिम सहभागी थिए ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख  र ट्रफि तथा उपविजेताले पाँच लाख र ट्रफिसहित खेलाडीले मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully