टस जितेर कर्णालीविरुद्ध लुम्बिनी बलिङ गर्दै

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Lumbini bowling against Karnali after winning the toss

काठमाडौँ — नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले शुक्रबार लुम्बिनी लायन्सको सामना गर्दैछ । कीर्तिपुरको टीयू मैदानमा हुने बिहानको खेलमा लुम्बिनीले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

कर्णाली लिग अंक तालिकाको चौथो स्थानमा छ । उसको पाँच खेलबाट ६ अंक रहेको छ । यो खेल जितेमा कर्णालीको प्ले अफ सम्भावना बलियो हुनेछ । उसले पछिल्ला तीन खेल लगातार जितेको छ ।

लुम्बिनीको यो प्रतियोतिगाकै अन्तिम खेल हो । यसअघि नै प्रतियोगितामा उसको चुतौती समाप्त भइसकेको छ । लुम्बिनी छ खेलबाट २ अंकमै सीमित रहेर सातौं स्थानमा रहेको छ ।

कर्णालीको कप्तानमा सोमपाल कामी रहेका छन् र उनले नियमित टिम नै उतारेको छ । लुम्बिनीले भने दुई खेलाडी परिवर्तन गरेको छ र विकास आग्री तथा बेन कटिङलाई मौका दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully