काठमाडौँ — साबिक विजेता गेटवे एकेडेमीले १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित पाएको छ । मूलपानी मैदानमा भएको उद्घाटन खेलमा गेटवेले हाइल्यान्डलाई ६–१ गोलले पराजित गर्यो । गेटवेका प्रदीप खत्री म्यान अफ द म्याच घोषित भए ।
प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले उद्घाटन गरेको प्रतियोगितामा २५ टिम सहभागी छन् । प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ पुरस्कृत गरिनेछ ।
