भेट्रान फुटबल पुसमा

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

Veteran football in Pus

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता पुस १ देखि हुनेछ ।

मोफसल ३ सहित १७ टिमको सहभागिता निश्चित भइसकेको चाबहिल स्पोर्ट्स क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश श्रेष्ठले जनाएका छन् ।

मोफसलबाट हेटौंडा, चितवन र बीबीसी बनेपाले नाम दर्ता गराइसकेको छ । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्टले जनही ५ हजार पाउने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले बताए । तीनै संस्करणको उपाधि फ्रिडम फाइटरले जितेको थियो ।

कान्तिपुर

Link copied successfully