ज्ञानभूमि र कान्तिपुरलाई तानडोरी उपाधि

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Tandori title to Jnanabhumi and Kantipur

काठमाडौँ — ज्ञानभूमि र कान्तिपुरले सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत तानडोरीको उपाधि बुधबार जितेका छन् । ज्ञानभूमि छात्र र कान्तिपुर छात्रामा विजेता भयो ।

छात्रमा कान्तिपुर दोस्रो र पिक प्वाइन्ट तेस्रो भए । अमर आदर्श स्कुलमा भएको प्रतियोगिताको छात्रामा पिक प्वाइन्ट दोस्रो र मिलन धर्मस्थली तेस्रो बने । विभिन्न ४ खेल समावेश खेलकुद सप्ताहमा ३ खेलको प्रतिस्पर्धा सकिएको आयोजक एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिले जनाएको छ ।

यसअघि छात्र फुटसल र छात्र/छात्राको कबड्डी सकिएको हो । फुटसलमा अमर आदर्शले उपाधि जित्यो । कबड्डीमा भीमेश्वर एकेडेमी दोहोरो उपाधि जित्न सफल भयो ।  

बिहीबारदेखि छात्र बास्केटबल एपेक्स लाइफ स्कुलमा हुनेछ । १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर

Link copied successfully