फेका कप फुटबल हुने

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Feka Cup football

काठमाडौँ — संस्थागत विद्यालयहरूको संस्था (फेका) को आयोजनामा १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबार सुरु हुनेछ ।

प्रतियोगितामा २५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजु दाहालले जनाए । प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्टलाई पनि पुरस्कृत गरिनेछ । पुस ६ सम्म चल्ने प्रतियोगिता मूलपानी मैदानमा हुनेछ । गेटवे एकेडेमी साबिक विजेता हो ।

कान्तिपुर

Link copied successfully