एन्फा महिला सुपर लिग पुसमा

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

ANFA Women's Super League in push

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) पुस १८ देखि माघ १६ सम्म गर्ने भएको छ ।

एन्फा र राष्ट्रिय महिला लिगका शीर्ष ५ क्लबबीच मंगलबार बसेको संयुक्त बैठकले दोस्रो चरणको मिति तय गरेको हो । पहिलो चरणमा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित वालिङ नगरपालिका र कोशी प्रदेशले सुपर लिगमा स्थान बनाएका थिए । 

तर, कोशीले नाम फिर्ता लिएका कारण छैटौंमा रहेको वाग्मती युवा क्लबले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । विभागीय टिम, वालिङ र वाग्मतीका प्रतिनिधि बैठकमा सहभागी थिए । खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र केही खेल दशरथ रंगशालामा खेलाइने छ ।

कान्तिपुर

Link copied successfully