काठमाडौँ — नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा १–१ स्वर्ण र रजत पदक जितेका छन् ।
नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फम्सको छान छ्वानमा स्वर्ण र ओपन फम्सको ताइचीमा रजत जितेका हुन् ।
उनका व्यवस्थापकमा मनित गुरुङ रहेका थिए । प्रतियोगितामा अमेरिकाको २२ मार्सल आर्ट्स क्लबका ३ सय ४७ खेलाडी सहभागी थिए । भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा एक महिनाअघि भएको १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा दुई रजत जितेका थिए ।
उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण जितेका छन् ।
