गण्डकीको लगातार हार

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Gandaki's consecutive losses

काठमाडौँ — नेपालको गण्डकी प्रदेश टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो हार बेहोरेको छ । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार गण्डकी प्रदेश प्रतिस्पर्धात्मक खेलमा इरानको यू–१८ टोलीसँग ३–२ को सेटमा पराजित भएको हो । यो हारले गण्डकीको सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ । गण्डकीले दुई सेटको अग्रता जोगाउन नसकेको हो । गण्डकीले २८–२६, २५–२३ ले दुई सेटमा अग्रता लिएको थियो । त्यसपछि भने इरानी युवा टिम हाबी भयो । लगातार तीन सेट २५–२१, २५–२२, १५–१३ आफ्नो पक्षमा पार्दै इरानले खेल जित्यो । पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीसँग हारेको गण्डकीले आफ्नै देशको टिम हेल्प नेपालसँगको दोस्रो खेल गुमाएको थियो । पराजित भएको थियो । 

दिनको पहिलो खेलमा भारतको क्यालिकट हिरोज विजयी भयो । टोलीले माल्दिभ्सको क्लब एचडीसीलाई सोझो सेटमा २५–१३, २५–२३, २५–२१ ले जित हासिल गरेको थियो । यसअघि पहिलो खेलमा क्यालिकट नेपालको टिपटप हेल्प नेपाल स्पोटर््स क्लबसँग ३–२ ले पराजित भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully