नेपालका चार पौडीवाज विश्व एक्वाटिक्समा

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Four swimmers from Nepal at World Aquatics

काठमाडौँ — नेपालका चार पौडीवाजले हंगेरीको बुढापेस्टमा हुने विश्व एक्वाटिक्स पौडी च्याम्पियनसिपमा भाग लिने भएका छन् ।

डिसेम्बर १० देखि १६ सम्म हुने प्रतियोगिताको पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा महिलामा अनुसिया तण्डुकार र डुवाना लामाले प्रतिस्पर्धा गर्नेछन् । नेपाल पौडी संघका सचिव गंगालाल गोलेका अनुसार डुवाना हंगेरी पुगिसकेकी छन् ।

टोली प्रमुखमा दिलीप वैद्य, प्रशिक्षकमा रत्नलाल महर्जन र अफिसियलमा जगतमान श्रेष्ठ र जयप्रकाश भट्टराई छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully