काठमाडौँ — हङकङ यू–१९ विरुद्ध हुने तीन एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली यू–१९ टिमको घोषणा गरेको छ । नेपाली १५ सदस्यीय टिमको कप्तानमा अभिषेक तिवारी रहेका छन् । सिरिज पुस १ देखि ६ गतेसम्म चल्नेछ ।
घोषित टिमका अन्य सदस्यमा सौजनप्रसाद घिमिरे, निरजकुमार यादव, अफ्रुदिन राइन, सुर्यान्स कोइराला, रोशन विश्वकर्मा, दयानन्द मण्डल, राजेश बोहोरा, दीपक सेरेला, सोहेल कुँवर, अप्राजित पौडेल, सिब्रिन श्रेष्ठ, दिलसाद अलि, सन्तोष यादव र नरेन भट्ट छन् ।
क्यानले यसअघि पूजा महतोको कप्तानीमा एसीसी यू–१९ एसियाकप खेल्ने टिमको पनि घोषणा गरेको थियो । कुल १४ सदस्यीय टिममा परेका खेलाडीमा साना प्रविन, ज्योत्सनिका मरासनी, पोनी पाख्रिन, कुसुम गोदार, सावित्रा धामी र एलिसाकुमार यादव छन् ।
यस्तै अन्य खेलाडीमा कृष्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक र अनु कडायत छन् । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ र यसका अन्य टिममा भारत र पाकिस्तान छन् ।
