सेभिल्लाविरुद्ध एटलेटिकोको उत्कृष्ट पुनर्आगमन जित

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Great comeback win for Atletico against Sevilla

काठमाडौँ — एन्टोनियो ग्रिजमनले ९४ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले एटलेटिको म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभिल्लाविरुद्ध ४–३ को उत्कृष्ट पुनर्आगमन जित रचेको छ । डिएगो सिमोनीको टिम अहिले लयमा छ र अंक तालिकाको तेस्रो स्थानमा छ ।

एटलेटिकोले सबै खाले प्रतियोगितामा गरेर पछिल्ला नौ खेल लगातार जितेको छ । उसको १६ खेलबाट ३५ अंक भएको छ र यो दोस्रोमा रहेको रियल म्याड्रिडसँग एक अंकको दूरी मात्रै हो । बार्सिलोना भने ३८ अंकमा शीर्ष स्थानमा छ ।

जितपछि ग्रिजमनले भनेका छन्, ‘हामी सबै अहिले एउटा एकताबद्ध टिम भएका छौं र एउटै उद्देश्यका लागि प्रेरित छौं । हामीले अब ठूलो सफलताका लागि सपना देखे पनि हुन्छ र यसका लागि प्रयास पनि जारी रहनेछ ।’

आइतबारका अन्य खेलम एथलेटिको बिलबाओले भिल्लारियललाई २–० र रियल सोसिडाडले लेगानेसलाई ३–० ले हरायो । ओसासुना र डेपोर्टिभो एलाभेसले २–२ को बराबरी खेले । 

कान्तिपुर संवाददाता

Link copied successfully