भलिबलमा एन्जल्स हार्ट र मानसिंह च्याम्पियन  

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Angels Heart and Mansingh Champion in Volleyball

काठमाडौँ —  तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जितेका छन् । छात्रको फाइनलमा एन्जल्स हार्टले हिमरश्मिलाई २५–१६, १३–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्‍यो ।

कालीदेवी तेस्रो भयो । छात्रा फाइनलमा भने एन्जल्स हार्ट जित्यो । मानसिंहले एन्जल्स हार्टलाई २५–१३, १३–२५, २५–१७, २५–२२ ले हरायो । मनमैजुले तेस्रो स्थानमा रह्यो ।

फुटबलमा सोमबार सेक्रेड हार्ट छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो । तार्केश्वर नगरपालिका काठमाडौंको आयोजनामा टुसाल खेल मैदानमा छात्र फाइनलमा सेक्रेड हार्टले हिमरश्मिलाई १–० ले हरायो । सुदिसन तामाङले गोल गरे । छात्रा भिडन्तमा सेक्रेड हार्टले कौशललाई २–० ले हरायो । दुवै गोल सुविना तामाङले गरिन् । छात्र/छात्रा दुवैमा नेपाल राष्ट्रिय मावि तेस्रो स्थानमा रह्यो 

कबड्डीको छात्रमा सेक्रेड हार्ट र छात्रामा हिमरश्मि विजेता भए । छात्र फाइनलमा सेक्रेड हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ५९–२६ स्कोरले हरायो । पुरानो गुहेश्वरी र नेपाल राष्ट्रिय संयुक्त रुपमा तेस्रो स्थानमा रहे ।

एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको छात्रा फाइनलमा हिमरश्मिले मानसिंहलाई ७२–५२ ले हरायो । मनमैजु र मानसिंह तेस्रो बने ।

कान्तिपुर

Link copied successfully