रियल र बार्सिलोनाको दूरी दुई अंक

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

The distance between Real and Barcelona is two points

काठमाडौँ — रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार जिरोनालाई ३-० ले हराएको छ र यससँगै शीर्षमा रहेको बार्सिलोनासँगको दूरी दुई अंकमा छोट्याएको छ । रियलले आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भन्दा एक खेल कम पनि खेलेको छ ।

यो जितमा जुड बेलिङघमले ३६ औं मिनेटमा पहिलो गोल गरेयता आरडा गुलेरले ५५ औं मिनेटमा दोस्रो गोल थपे । त्यसपछि लयमा आउन संघर्षरत केयलिन एमबापेले ६२ औं मिनेटमा तेस्रो गोल गरे । बेलिङघमले लिगका पाँच खेलमा लगातार गोल गरेका छन् ।

रियलको यो जितपछि ३६ अंक भएको छ र उसले १६ खेल खेलेको छ । बार्सिलोना भने १७ खेलबाट ३८ अंकमा शीर्ष स्थानमा छ । बार्सिलोना अर्को खेलमा रियल बेटिसको हातबाट २–२ को बराबरीमा रोकियो ।

दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा एसाने डिएओले गोल गरेपछि बेटिस रोमाञ्चक बराबरीमा निकाल्न असफल रहेको हो । यसअघि बार्सिलोनका लागि रोबर्ट लेवनडोस्की र फेरान टोरेसले गोल गरेको थियो ।

यसबीच जियोभानी लोले बेटिसका लागि पेनाल्टीबाट एक गोल गरे । शनिबारका अन्य खेलमा रायो भालेकानोले भ्यालेन्सियालाई १–० र लास पाल्मेसले रियल भालाडोलिडलाई २–१ ले हरायो । 

कान्तिपुर

Link copied successfully