१०औं संस्करणको नेपालगन्ज म्याराथनमा नेपाली सेनाका खड्कबहादुर र सन्तोषीलाई उपाधि

मंसिर २२, २०८१

रुपा गहतराज

Khadk Bahadur and Santoshi of the Nepali Army won the title in the 10th edition of the Nepalgunj Marathon

नेपालगन्ज — नेपालगन्ज म्याराथनको १०औं संस्करणमा पुरुषतर्फ नेपाली सेनाका खड्कबहादुर खड्का र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन् । खेलको माध्यमबाट पर्यटन विकासमा सघाउ पुर्‍याउने उद्देश्यले शनिबार नेपालगन्ज म्याराथनको आयोजना भएको हो ।

सन्तोषीले सातौं संस्करणबाट लगातार प्रथम स्थान हासिल गर्दै आएकी छन् । महिलातर्फ पुष्पा भण्डारीले दोस्रो स्थान हासिल गरिन् । कर्णाली प्रदेशकी विमला कार्की तेस्रो भइन् । पुरुषतर्फ राजन रोकाय दोस्रो र सुशीलकुमार शाही तेस्रो भए । 

किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिएको छ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully