लुम्बिनीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Far West's batting against Lumbini

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । लुम्बिनीले शनिबार टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ब्याटिङका लागि कठिन विकेटमा सुदूरपश्चिमलाई ब्याट गर्न बोलाएको हो ।

लुम्बिनीले आशुतोष घिरोहियाको स्थानमा अजुर्न साउदलाई आफ्नो प्लेयिङ ११ मा राखेको छ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीबाट सन्दीप जोरा, अर्जुन, टम मुर्स, उनमुक्त चन्द, विवेक यादव, साद बिन जाफर, दुर्गेश गुप्ता, रामोन सिमोन्ड्स, सूर्य तामाङ, दीनेश अधिकारीलाई खेलाइरहेको छ ।

एनपीएलमा एउटा टोलीले चार विदेशी खेलाडीलाई खेलाउने पाउने प्रावधान रहे पनि सुदूरपश्चिमले लुम्बिनीविरुद्ध तीन विदेशी खेलाडीमात्र खेलाइरहेको छ । टोलीले रोहन मुस्ताफाको स्थानमा वसन्त खत्रीलाई खेलाएको छ । टोलीबाट विदेशी खेलाडीको रुपमा ब्रान्डन म्याकमुलेन, सैफ जैब र स्कट कुग्लेन खेलिरहेका छन् ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमबाट विनोद भण्डारी, आरिफ शेख, नरेश बुढाऐर, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद खेलिरहेका छन् । सुदुरपश्चिमले पहिलो दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेको छ । लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो । 

कान्तिपुर

Link copied successfully