शारीरिक सुगठन च्याम्पियनसिपका रजत पदक विजेतालाई नगदसहित सम्मान

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Silver medal winners of bodybuilding championships are honored with cash

काठमाडौँ — काठमाडौं महानगरपालिकाले शारीरिक सुगठन च्याम्पिनयसिपका रजत पदक विजेताहरूलाई नगदसहित सम्मान गरेको छ । 

महानगरले १५औं ‘वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४’ का चार जना रजत पदक विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो । 

महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले शुक्रबार एक समारोहकाबीच पदकधारी खेलाडीहरूलाई सम्मान गरेका हुन् । 

गत कात्तिक २० देखि २५ गतेसम्म वर्ल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई महानगरले सम्मान गरेको हो । प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मूलगुठीले रजत पदक प्राप्त गरेका थिए । 

महानगरपालिकाले खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीको आत्मबल बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गर्ने गरेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully