प्रिन्स र प्रफुल विजयी

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Prince and Praful are victorious

काठमाडौँ — एपीएफका ओलम्पिक खेलाडी प्रिन्स दाहालले बिहीबार तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा जित निकालेका छन् ।

पुरुष एकलतर्फ उनले आर्मीका विशाल तामाङलाई २१–१७, २१–१४ ले पराजित गरेका थिए । आर्मीका प्रफुल महर्जनले ट्रेनिङ सेन्टरका अमन डंगोललाई २१–९, २१–३ ले, एपीएफका देवराज रानाले पुलिसका कविर केसीलाई २१–१६, २१–१३ ले र आर्मीका डेभिड थापामगरले पुलिसका सुनिल जोशीलाई २२–२०, २१–१८ ले हराए । 

एपीएफका क्षितिज खनालले आर्मीका सौर्य महर्जनलाई २१–१२, २१–१५, युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीले एपीएफका रोशन साउदलाई २२–२०, २३–२१ ले र आर्मीका सुप्रिम पन्तले गोरखाका सन्जिव जोशीलाई २१–१५, २१–१६ ले पराजित गरे ।

यू–१७ गर्ल्स एकलतर्फ आर्मीकी रिहाना शेरचन, एपीएफकी आकृति कार्की र टिसारानी शाक्य, लभ ब्याडमिन्टन एकेडेमीकी आस्ना श्रेष्ठ, एपीएफकी स्वर्लिन श्रेष्ठ, आर्मीकी अजरन्का शेरचन, एपीएफकी प्रियांशा श्रेष्ठ र सुर्खेतकी निशा सिंहले पनि आफ्ना प्रतिद्वन्द्वीलाई हराएर क्वाटरफाइनलमा स्थान बनाए ।

ललितपुरमा भइरहेको प्रतियोगिताको पुरुष युगल (शीर्ष २० बाहेक) इभेन्टमा सहआयोजक बालकुमारी रिमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडी क्वाटरफाइनल पुगेको छ । उनीहरूले आर्मीका सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–१४, २१–१२ को सेटमा हराए । 

आर्मीका विवेक चौधरी र सन्तोष पनेरु, युनिटीका प्रियांशु र निश्चल खत्री, बालकुमारीका दिप्रिसमुनि वज्राचार्य र रमन महर्जन, आर्मीका डेविड थापा मगर र सुरोज महर्जन, लक्ष्मण रानामगर र सुप्रिम पन्तको जोडी विजयी भएका छन् ।

पुलिसका कविर केसी र हीराबहादुर राईको जोडी तथा आर्मीका विधान अधिकारी र पविन लिङ्थेपको जोडी विजयी हुँदै अघिल्लो चरण पुगेको छ ।

कान्तिपुर

Link copied successfully