काठमाडौँ — तेस्रो तारकेश्वर मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत छात्रा फुटबलमा लालीगुराँसले मेघा पब्लिकलाई १–० ले पराजित गरेको छ ।
बिहीबारै भएका अन्य खेलमा सेक्रेट हार्टले सनफ्लावरलाई १–० ले, नेपाल राष्ट्रियले ल्यान्डमार्कलाई २–० ले र प्रारम्भले पुरानो गुह्येश्वरीलाई २–० गोलले हराए ।
छात्र फुटबलमा हिमरश्मिले मनमैजुलाई २–१ ले, एन्जल्स हार्टले गुरुकुल पब्लिकलाई ४–० ले, पुरानो गुह्येश्वरीले रोजमेरीलाई १–० ले र कालिदेवीले फुटुङलाई ३–१ गोलले पराजित गरे ।
सिर्जना ज्ञान सागरले सनफ्लावरलाई १–०, नेपाल राष्ट्रिय माविले काभ्रेस्थलीलाई २–० र प्रारम्भ एलिगेन्टलाई ५–० गोलले हराए । जीवन ज्योतिले वाकओभर पायो ।
बास्केटबलको छात्र जुयिनर हिमरश्मिले सिद्धार्थ मोडल एकेडेमीलाई १६–१२ स्कोरले हरायो । हिमरश्मिका अजय खत्रीले ७ स्कोर गरे । एन्जल्स हार्टले रोजमेरीलाई २९–२० ले हराउँदा अदित पुनले १४ स्कोर जोडे ।
जुनियर ब्वाइजमै जीवन ज्योतिले पद्मचक्रलाई १४–१० र सिर्जना ज्ञान सागरले काभ्रेस्थलीलाई २०–१८ ले पाखा हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । जीवनज्योतिका आयुश तामाङले ८ र सिर्जनाका विप्लव लामिछानेले ६ स्कोर बटुले ।
तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको गर्ल्समा लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई १८–१६, हिमरश्मिले पद्मचक्रलाई २८–१८, ल्यान्डमार्क एकेडेमीले तेजस्वीलाई १९–१५ र मानसिंहले एन्जल्सलाई २२–१४ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए । लालीगुराँसकी प्रियांशु पन्तले ६, हिमरश्मिकी नीमा तामाङले १५, ल्यान्डमार्ककी कृजिशा पुटुवारले ६ र मानसिंहकी देविका बोगटीले १० स्कोर जोडे ।
उसु
उसुमा किन्डर गार्टेन टिम च्याम्पियन बन्यो । किन्डर गार्टेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गर्यो । २ स्वर्ण र ३ कांस्यसाथ लालीगुराँस दोस्रो तथा १ स्वर्ण, ८ रजत र २ कांस्यसाथ हिमरश्मि तेस्रो भए ।
थाउलोतर्फ नान् छ्वानको पुरुषमा एलेक्स महर्जन र महिलामा करिना बोहरा तथा ताइची छ्वानको पुरुषमा एनेक्स महर्जन र महिलामा विपना तामाङले किन्डर गार्टेनलाई स्वर्ण दिलाए ।
सान्सौंको महिला ४२ केजीमा किन्डर गार्टेनकी आयुष्ना अधिकारी, ४५ केजीमा किन्डर गार्टेनकै अंकिता श्रेष्ठ र ४८ केजी लालीगुराँसकी अनु मोक्तानले स्वर्ण जिते ।
कबडड्
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा बिहीबार कबड्डीतर्फ छात्रमा ३ र छात्रामा ४ गरी ७ खेल भएको थियो । छात्रमा प्रारम्भले कालिका शरणलाई ५७–३४, लालीगुराँसले हिमरश्मिलाई ५०–२५ र जितपुरले कालिका शरणलाई ५१–२५ अंकले पराजित गरे । छात्रामा सिद्धार्थ मोडलले कौशललाई ४३–३१, मनमैजुले बालकुञ्जलाई ५९–६, ग्रामसेवाले श्रृजना ज्ञान सागरलाई ५४–१९ र सेक्रेट हार्टले नेपालरत्नलाई ४०–१९ ले हराए ।
