पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Janakpur fielding first against Pokhara Avengers

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल)को बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो । जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो ।

यसअघिका दुवै खेलमा जनकपुर विजयी भएको छ । एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।

बिहीबारको दोस्रो खेल सोही मैदानमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच अपराह्न १ बजे हुनेछ ।

कान्तिपुर

Link copied successfully