न्युकासलसँगको बराबरीपछि लिभरपुलको अग्रता सात अंक मात्रै

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

After the draw with Newcastle, Liverpool's lead is only seven points

काठमाडौँ — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुलको अग्रता बुधबार सात अंकले छोटिएको छ । लिभरपुलले ९० औं मिनेटमा गोल खाएपछि न्युकासल युनाइटेडसँग ३–३ को सनसनीपूर्ण र रोमाञ्चक बराबरीमा रोकिएको हो ।

चेल्सी र आर्सनल शीर्ष स्थानबाट सात अंकको दूरीमा आएका हुन् । चेल्सीले १० खेलाडीमा सीमित साउथह्याम्पटनलाई ५–१ ले हरायो र गोल अन्तरले दोस्रो स्थानमा उक्लिन सफल रह्यो । आर्सनलले भने अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गर्‍यो ।

यस्तै सात खेलको जितहीन यात्रालाई टुंग्याउँदै म्यानचेस्टर सिटीले भने नटिङघम फरेस्टलाई ३–० ले हराउन सफल रह्यो । पेप ग्वार्डिओलाको सिटी २६ अंकमा चौथो स्थानमा छ । लिभरपुलको भने ३५ अंक भएको छ ।

लिभरपुलका लागि मोहमद सलाहले सेन्ट जेम्स पार्कमा दुई गोल गरे पनि त्यो जितका लागि पर्याप्त रहेन् । यससँगै लिभरपुलको सबै खाले प्रतियोगितामा सात खेलको जित यात्रा समाप्त भएको छ । 

व्यवस्थापकमा आर्ने स्टल आएयता लिभरपुल २१ खेल जित निकाल्न असफल रहेको यो तेस्रो पल्ट मात्रै हो । आर्सनलले भने युनाइटेडका नयाँ व्यवस्थापक रुबेन एमोरिमलाई हारको पहिलो स्वाद चखाए । अर्को खेलमा एभरटनले उल्भ्सलाई ५–० ले हरायो । 

कान्तिपुर संवाददाता

Link copied successfully