आरभ र सुनीरा विजयी

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Aarav and Sunira win

पोखरा — जुनियर आईटीएफ जे–३० वर्ल्ड टेनिस टुरअन्तर्गत सर्किट १ का खेलमा नेपालका आरभसम्राट हाडाले जित हात पार्दै क्वाटरफाइनल तय गरेका छन् ।

पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा बुधबार उनले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा हराए ।

प्रतियोगिताका शीर्ष वरीयताप्राप्त जापानी रिकु हिगासीले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–१ ले र अस्ट्रेलियाका प्रतीक नविनले नेपालकै सक्षमविक्रम शाहलाई ६–०, ६–४ ले हराए ।

गर्ल्सतर्फ नेपालकी एकमात्र खेलाडी सुनीरा थापाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी छन् । उनले चीनकी टियनरान डोङलाई ६–३, ६–० को सोझो सेटमा हराइन् । नेपालकी शिभाली गुरुङ र स्वस्तिका विष्ट भने भारतीय खेलाडी पराजित भइन् ।

गर्ल्स डबल्सतर्फ शिभाली र सुनीरा थापाको जोडी भारतकी माहिका खन्ना र एन्जल पटेलसँग पराजित भयो । 

कान्तिपुर

Link copied successfully