विनोदले मिक्स मार्सल आर्ट्समा प्रतिस्पर्धा गर्ने

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Vinod will compete in mixed martial arts

काठमाडौँ — इन्डोनेसिाको जकार्तामा हुने गाम्मा वर्ल्ड एमएमए च्याम्पियनसिपमा नेपालका एक खेलाडी भाग लिने भएको छ ।

नेपालका विनोद श्रेष्ठले डिसेम्बर ६ देखि १४ सम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

ग्लोबल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्स (गाम्मा) को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजीव महर्जन तथा प्रशिक्षकमा उमेश महर्जन छन् ।

खेलाडी सहभागिताको सम्पूर्ण खर्च ललितपुर जिल्ला खेलकुद विकास समिति तथा गाम्मा नेपाल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्सका अध्यक्ष विनोद महर्जनले प्रायोजन गरेका छन् । आरडी र एकता फाउन्डेसनसहित डा. मोहित गौतमले पनि सहयोग गरेको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully