वाग्मती प्रदेश सुटिङ संघको तदर्थ समिति

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Ad Hoc Committee of Wagmati Pradesh Shooting Association

काठमाडौँ — राजु दर्शनको अध्यक्षतामा वाग्मती प्रदेश सुटिङ संघको मंगलबार गठन गरिएको छ । वाग्मती प्रदेशका नुवकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका सुटिङ खेलाडी र पदाधिकारीको उपस्थितिमा १३ सदस्यीय संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा प्रविन्द्र बस्नेत र एसके थपलिया भने सचिवमा उपेन्द्र थापा तथा कोषाध्यक्षमा विवेश खड्का रहेका छन् । यस्तै सदस्यमा सकुन्तला श्रेष्ठ, कृष्ण घोरासैनी, हरिबहादुर थापा, सरस्वति बानिया, दीपक थापा, सुदन खड्का, कटी योञ्जन र टीकाराम श्रेष्ठ छन् ।

वाग्मती प्रदेश खेलकुद सदस्य सचिव दीपक लामाको आथित्यमा भएको तदर्थ समिति गठन गरिएको हो । 

कान्तिपुर

Link copied successfully