लुम्बिनीको मुख्य प्रायोजकमा एनसेल

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Ncell is the main sponsor of Lumbini

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ । आइतबार आयोजित कार्यक्रममा लुम्बिनीले एनसेललाई मुख्य प्रायोजकका रूपमा सार्वजनिक गरेको हो । 

आफ्ना ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहित पौडेल, इंग्लिस क्रिकेटर टम मुर्स लगायत खेलाडीको उपस्थितिमा लुम्बिनीले एनसेलसँग सम्झौता गरेको थियो । लुम्बिनीका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् महाप्रबन्धक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

एनसेलजस्तो अन्तर्राष्ट्रियस्तरको कम्पनी र नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायक मध्येका एकसँग मुख्य प्रायोजकका रूपमा जोडिन पाउँदा हर्षित भएको जनाए । काइमोभले नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा एनसेल सधैं प्रतिबद्ध रहेको जनाए ।

एनसेल नेपाल प्रिमियर लिगको सहप्रायोजक पनि हो । लुम्बिनीले बुधबार एनपीएलमा आफ्नो पहिलो खेल खेल्नेछ । टोलीको भेट विराटनगर किंग्ससँग हुनेछ, जबकि विराटनगरको यो तेस्रो खेल हुनेछ । 

कान्तिपुर

Link copied successfully